डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त
२६ फाल्गुन २०७८, बिहीबार १२:४३
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
संस्थाको संचालक समितिले चैत ३ गतेदेखि लागू हुनेगरी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, शेयधरनी दस्तखत प्रमाणीकरण, शेयरवालाहरुको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका नबिल इन्भेष्टमेन्ट बैकिङ्गलाई नियुक्त गरेको हो ।