एशियन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्धारा बीमा दाबी भुक्तानी

२६ फाल्गुन २०७८, बिहीबार ११:५१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्य दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले कावासोती ९ का मृतक प्रेम बहादुर घर्तिको परिवारलाई मृत्यु दाबीबापतको ३ लाख ४७ हजार २०३ रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त रकमको चेक कावासोती उपशाखा प्रमुख केशर बहादुर खत्री र कावासोती ९ नवलपुरका वडा अध्यक्ष नेत्र प्रसाद खतिवडाले संयुक्त रुपमा बीतिको घरमै गई मृतककी श्रीमति शकुन्तला घर्तिलाई हस्तान्तरण गरेको हो ।

मृतक घर्तिको माघ १ गते असायमीक निधन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*