ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

२६ फाल्गुन २०७८, बिहीबार ११:४७

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आरटिएसको कार्य गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो । दुबैं संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

उक्त सम्झौता पत्रमा कम्पनीका प्रमुख वित्तीय अधिकारी अनिल अग्रवाल र क्यापिटका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन । अब लक्ष्मी क्यापिटल धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीको लगत अद्यावधिक गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*