संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु

२६ फाल्गुन २०७८, बिहीबार १०:३८

काठमाडौं । संखुवासभामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जादैं गरेको बा ४ ख ७३५ नम्बरको बस बिहिबार बिहान करिब साढे ७ बजे तिर मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । हालसम्म मृतकको पहिचान भएको छैन । दुर्घटनाबाट घाइते ५ जनालाई भने सदरमुकाम चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*