युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा ?

२६ फाल्गुन २०७८, बिहीबार १०:२८

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २६ गते) बस्दैछ । सभा कम्पनीको रसिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी २८ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै उक्त सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालन पदको निर्वाचन गर्ने प्रस्ताव समेत कार्य सूचिमा राखेको छ ।

साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*