चिलिमे जलविद्युत् कम्पनीको बोनस शेयर डिम्याट खातामा जम्मा

२६ फाल्गुन २०७८, बिहीबार ०९:१९

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको पुष २३ गते सम्पन्न भएको २५औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरी फागनु २३ गतेदेखि शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिन सुरु गरेको हो ।

शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा सो मितिदेखि जम्मा गरिदिएको साथै भौतिक रुपमा शेयर धारण गरेको शेयरधनीको हकमा पनि शेयर अभौतिकीकरण भएपश्चात स्वतः खातामा जम्मा गरिने हुँदा शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*