नेष्डो समृद्ध लघुवित्तको आईपीओको पहिलो कारोबार कतिमा होला ? पहिलो वर्ष नै शतप्रतिशत लाभांश क्षमता

२५ फाल्गुन २०७८, बुधबार १७:३४

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ। बाँडफाँडसँगै आईपीओ पर्ने लगानीकर्ताले पहिलो दिननै ७ हजार ८ सय २५ रुपैयाँ कमाउने देखिन्छ । कम्पनीको प्रति सेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ।

गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ५६।८७ रुपैयाँ रहेको थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रतिसेयर नेटवर्थ ४०७.५९ रुपैयाँको प्रक्षेपण गरेको छ भने प्रतिसेयर आम्दानी १३२.८२ रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ। कम्पनीको ओपनिङ कारोबार न्यूनतम २६० देखि ७८२ रुपैयाँसम्म हुने छ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार आईपिओमा कूल २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए। त्यसमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भइ बाँकी २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदकमध्ये ७७ हजार ४ सय ५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडिएको हो।

बाँकी तीन कित्ता सेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको छ। कम्पनीले निष्काशन गरेको साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत (४१ हजार ४३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी (२५ करोड ५० लाख रूपैयाँ) को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७५०) कित्ता सेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए।

कम्पनीले शेयर बाँडफाँट कार्यक्रममा लगानीकर्ताहरूलाई १०० प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता रहेको दावी गरेको छ। कम्पनी २०७३ मा स्थापना भएर कारोबार भइरहेको संस्था हो। कम्पनीको वित्तीय सूचक सबै हिसाबले उत्साहजनक रहेकोले लगानीकर्ताले राम्रै नाफा कमाउन सक्ने अनुमान गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*