३० अंकले घटेको शेयरबजारमा आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

२५ फाल्गुन २०७८, बुधबार १५:१९

काठमाडौं । सोमबार झिनो अंकले बढेर बन्द भएको शेयरबजारमा आज ३० अंकको गिरावट आएको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँको मात्रै कारोबार भएको छ । पछिल्लो केही समययता शेयरबजारमा खासै रौनकता देखिएका छैन । लगानीकर्ताको संख्या बढ्ने क्रम जारी भएतापनि धितोपत्र दोस्रो बजारमा कारोबार २ अर्ब तल खुम्चिने अवस्था आएको छ ।

नेप्से परिसूचक १.१९ प्रतिशतले घट्दा केही कम्पनीहरुको शेयरमूल्य उच्च घट्न पुगेको छ । आज सर्वाधिक गुमाउनेमा विशाल बजार कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य आज ५.७८ प्रतिशत अर्थात् २५७ रुपैयाँले शेयरमूल्य घट्न पुगेको हो ।

त्यस्तै, सामुदायिक लघुवित्तको ५.६० प्रतिशत, बुद्धभूमि हाइड्रोपावरको ५.४१ प्रतिशत, नेपाल हाइड्रो डेभलोपर्सको ५.२० प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ४.७४ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*