नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीयले लघुवित्त संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।सो सम्बन्धमा होटेल येलो प्यागोडा, जमल, काठमाण्डौंमा आज आयोजना गरिएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण तर्फको शेयर बाँडफाँट र सञ्चारकर्मीहरु सँगको एक विशेष अन्तरक्रियात्मक कार्यक्रममा लघुवित्त संस्था र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
गैर सरकारी लघुवित्त सस्थाको रुपमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले १८ वर्षसम्म ग्रामीण समुदायमा हासिल गरेको लघुवित्तीय अनुभव र वित्तीय कारोवारलाई ग्रहण गर्दै गत २०७४ चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट राष्ट्रियस्तरमा घ वर्गको लघुवित्तीय कारोवार गर्न स्वीकृत प्राप्त गरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ ।