हिमालय रि इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, बीमा समितिको निर्णयले आम्दानी र नाफा दुवै बढ्यो

२५ फाल्गुन २०७८, बुधबार १२:४६

काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । वित्तिय विवरणमा कम्पनीको खुद नाफा १२ करोडभन्दा माथि पुगेको देखाइएको छ ।

अघिल्लो त्रैमासको तुलनामा कम्पनीको मुनाफा १२ करोड ४७ लाख ८८ हजार ५८५ रुपैयाँ आर्जन गरेको छ । पहिलो त्रैमासमा जम्मा चार करोड ७६ लाख ८० हजार ७५१ रुपैयाँ खुद नाफा गरेकोमा दोस्रो त्रैमासमा मुनाफा बृद्धि भएको हो । बीमा समितिले मंसिर ९ गते जारी गरेको विवादास्पद निर्णयका कारण हिमालयन रि इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि भएको हो ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी आठ करोड ८० लाख रुपैयाँबाट बृद्धि भई २९ करोड ९९ लाख ७५ हजार १५ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले ३० लाख २९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले पहिलो त्रैमासमा जम्मा पाँच करोड ६० लाख रुपैयाँ पुनर्बीमा कमिशन वापत खर्च गरेको छ ।

चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ८९ लाख रुपैयाँ, बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ र महाविपत्ती कोषमा ४ लाख ६० हजार रुपैयाँ सञ्चित छ ।

बीमा समितिले सबै कम्पनीहरुलाई नेपालमै पुनर्बीमा गर्नुपर्ने नियमका कारण हिमालयन रि इन्स्योरेन्स कम्पनीको बाध्यकारी बीमा शुल्क उठेको देखिएको छ ।

केही महिना अघि मात्रै कारोबार सुरु गरेको कम्पनीलाई बीमा समितिले काखी च्यापेका कारण आम्दानी र नाफा बृद्धि भएको हो । यद्यपि बीमाको सिद्धान्त विपरितको निर्णय भएकोले कुनै पनि बेला बीमा समितिले फिर्ता गर्न बाध्य हुनसक्ने जनाइएको छ ।
बीमा समितिले गलत मनसायका साथ बीमाको सिद्धान्त विपरित सबै बीमा कम्पनीहरुले व्यवसाय दिनैपर्ने व्यवस्था लागू गरेर हिमालयन रि इन्स्योरेन्सलाई नेपाली कम्पनीहरुको व्यवसाय सुनिश्चित गरिदिएको थियो । सो सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*