सनराइज बैंकले ल्यायो महिला दिवसको अवसरमा नारी बचत खातामा यस्ता सुविधाहरु
२५ फाल्गुन २०७८, बुधबार १०:४५
काठमाडौं । सनराइज बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारी बचत खाताहरु खोल्नेहरुका लागि विशेष सुविधाहरु प्रदान गर्ने जनाएको छ ।
बैंकले नारी बचत खाता खोल्ने तथा खाता खोलिसकेका महिला ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने जनाएको छ । साथै उक्त खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडि खर्च र ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना भएर उपचार गरेको खर्च पाइनेछ ।
महिलाहरुको वित्तीय साक्षरता बढाउन र बैंकमा खाता खोल्न तथा बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले नारी बचत खाता जस्तो फरक खालको योजना ल्याएको बैंकले जनाएको छ ।