राइड शेयरिङ एप्स जायर सार्वजनिक, महिलाले महिला राइडर नै पाउने

२४ फाल्गुन २०७८, मंगलवार १९:५९

काठमाडाैं । नेपाली यात्रुहरूलाई लक्षित गरेर जायर नामक नयाँ राइड शेयरिङ एप्स आज सार्वजनिक गरिएकाे छ ।

शिक्षा मन्त्री देवेन्द्र पाैडेलले ८ मार्च महिला दिवसकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे । मन्त्री पाैडेलले विशेष प्राथमिकता दिई जायर राइड शेयरिङ सुबिधा सार्वजनिक गरेकाेमा सफलताकाे कामना व्यक्त गरेका छन् ।

जायर कम्पनीका अध्यक्ष मिठाराम दाहालले जायर राइड शेयरिङकाे माध्यमबाट आम सर्वसाधारणलाई सेवा दिन अघि बढेकाे बताए । अध्यक्ष दाहालले नेपालमै बनेकाे जायर एप्सबाट आम्दानी गर्न सकिने बताए ।

आज सार्वजनिक गरिएकाे जायर एप्स दुइ पाङ्ग्रे माेटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे ट्याक्सीमा आम सर्वसाधारणले सजिलै यात्रा गर्न सक्नेछन् ।

जायर एप्समा नगद लाेड गरेर प्पाइन्ट खरिद गर्न सकिन्छ । साथै नगद भुक्तानीकाे साटाे जायरबाटै भुक्तानी गर्न सकिन्छ ।

कम्पनीका ब्राण्ड एम्बेसडर क्रिकेट खेलाडी पारस खड्काले महिला मैत्री जायर नेपाली आम सर्वसाधारणले सुविधा पाउने बताए । साथै क्रिकेटर खड्काले युवाहरूले आम्दानी गरेर आत्म निर्भर हुने बताए ।

त्यस्तै अर्की ब्राण्ड एम्बेसडर केकी अधिकारीले महिलाले महिला राइडर छान्न पाउने भएकाेले उत्कृष्ट भएकाे बताइन् ।

कार्यक्रममा फाइनान्सियल पार्टनर ज्याेति विकास बैंक रहेकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*