सीडीएससीमा आइपीओ नपर्नेहरुको गुनासो बढ्दै, सिस्टम पारदर्शी नै भएको सीईओ आचार्यको दाबी

२४ फाल्गुन २०७८, मंगलवार १७:१०

काठमाडौं । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले पछिल्लो समय कुनै आइपीओ नपरेको भन्दै बारम्बार फोन आउने बताएका छन् ।
ग्लोबल आइएमई क्यापिटलले आज आयोजना गरेको नेष्डो लघुवित्त वित्तीयको आईपीओ बाँडफाँडमा सीईओ आचार्यले आइपीओ नपरेर ‘धाँधली भयो’ भन्दै कल आउने गरेको कार्यक्रममा सुनाए । ‘पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या २५ लाखभन्दा बढी हुने गरेको छ।’

तर, थोरैले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाउँछन्’, उनले भने, ‘आईपीओमा हात खाली हुने आवेदकको संख्या निकै धेरै हुने गरेको छ। यसले निराशा बढाएको छ।’ उनले भने, ‘आईपीओ बाँडफाँड हामीले होइन सिस्टमले गर्ने भएकोले पारदर्शी रुपमै बाँडफाँड हुन्छ भनेर सम्झाउँदै आएका छौँ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*