एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

२४ फाल्गुन २०७८, मंगलवार १४:१५

काठमाडौं । एशियन लाइफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो ।

रत्ननगर–८, चितवनका बडा अध्यक्ष बिनोद बस्नेत, एशियन लाईफ नारायणगढ शाखा प्रबन्धक अविशेष चापागाईंले संयुक्तरुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
चौधरीले वार्षिक बीमाशुल्क २४ हजार ५ सय ९६ भुक्तानी गर्ने गरी सन् २०२१ मार्च ९ तारेखमा तीन लाख रुपैयाँ बीमांकको जीवन बीमाि गराएको पर्सा उपशाखा प्रमुख सुप्रभा सापकोटाले जानकारी दिनुभयो । बीमा गराएको पाँच महिनामा मृगौलाको खराबीेको कारणबाट बीमित चौधरीको मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*