छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बोलपत्रद्धारा बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद शेयर बोलपत्रद्धारा विक्रीमा ल्याएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयर केही कित्ता बिक्री नभएकोले सो शेयर शिलबन्दी बोलपत्रद्धारा बिक्री गर्न लागेको हो ।
कम्पनीले ५९ लहजार ८२७ कित्ता अवतरिक हकप्रद शेयरका लागि बोलपत्र आह्वन गरेको हो । आवेदकले न्यूनतम १०० कित्ता वा १० ले भाग जाने संख्यामा आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, संस्था वा कम्पनीले चैत ९ गतेभित्र के कति दरमा लिने हो रेट खुलाई बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटल लिमिटेड, नक्साल काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालहरु विर्तामोड, हनुमानदास रोड, विराटनगर, जनकपुर, आदर्शनगर विरगंज, हेटौंडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट समेत बोलपत्र पेश गर्न सक्नेछन् ।