जन्मदिनको अबसरमा श्रीमतीलाई १५ लाखको बीमा पोलिसी उपहार

२३ फाल्गुन २०७८, सोमबार १९:४५

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न।पा।वडा न ७, मणि प्रसाद पङ्गेनिले श्रीमती यमुना पङ्गेनीको जन्मदिनको अबसरमा १५ लाखको आई।एम।ई।धनबर्धन जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छन् ।

जन्मदिनको अवसरमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका पङ्गेनीले विभिन्न अनाथ आश्रम , मठ(मन्दिर तथा संघ सस्थामा जिन्सी नगद सहयोग गर्दै आईरहका छन् । यसै बिच उहाले आईएमईलाइफ बुटवलबाट आफ्नी श्रीमतीको बीमा उपहार दिएर समाजमा सकारात्मक सन्देश समेत दिएको छ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम ब्यावस्थापन तथा अनिवार्य बचतको उद्देश्यले जन्मदिनको अवसरमा १५ लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*