नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुने

२४ फाल्गुन २०७८, मंगलवार ०५:४३

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज दिउँसो १ बजे बाँडफाँड हुने भएको हो ।

कम्पनीले आइतबार प्रारम्भिक सार्वजनिक निष्काशन (प्रि–अलटमेन्ट) सम्पन्न गरिसकेको छ । शेयर बाँडफाँडका लागि आइतबार आइपीओको प्रि–अलटमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइसकेको छ ।

लघुवित्तले फागुन ११ गते बुधबारदेखि फागुन १५ गते आइतबारसम्म सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कुल जारी सेयरमध्येबाट जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयर खरीदका दागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १२७ जनाबाट ३ करोड २ लाख २४ हजार २५० कित्ताका माग परेको छ । जुन सर्वसाधारणको लागि माग गरिएको तुलनामा ४० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले लघुवित्तको आईपीओ धितोपत्र निष्काश्न तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । जहाँ ७७ हजार ४५३ जनाले मात्र आईपीओ हात पार्नेछन् र सो मध्ये भाग्यमानी ३ जनाले ११ कित्ता आइपीओ पाउनेछन् । भने बाँकी २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*