महालक्ष्मी बैंकले ईलाका प्रहरी कार्यालय पकडीलाई बिद्युतिय आरओ प्लान्ट हस्तान्तरण

२३ फाल्गुन २०७८, सोमबार १८:३७

काठमाडौं । महालक्ष्मी विकास बैंकले ईलाका प्रहरी कार्यालयलाई विद्युतिय आरओ प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुग्ने उदेश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

सोहि अवसरमा बंैंकको पकडी शाखाले एक विशेष कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानी ब्यावस्थापनका लागि स्वचालित विद्युतिय आरओ प्लान्ट हस्तान्तरण गरेको हो । आरओ प्लान्टको सहयोगले प्रहरी लगायत प्रहरी कार्यालयमा आउने सेवाग्राही लाभान्बित हुने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*