पाँचथर पावरसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
२३ फाल्गुन २०७८, सोमबार १५:१९
काठमाडौैं । साताको दोस्रो दिन नेप्से १.५४ अकंले बढेको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से झिनो अकंले बढ्दा समेत कारोबार भने २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँमा खुम्चिएको छ । नेप्सेमा सामान्य सुधार आउदा समेत पाँचथर पावरले सर्वाधिक गुमाउन पुगेको छ । कम्पनीको शेयर आज ६.९० प्रतिशतले घटेको हो ।
त्यस्तै, पन्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१३ प्रतिशत, बरुण हाइड्रोपावरको ३.९१ प्रतिशत, माउटेन हाइड्रो नेपालको ३.४६ प्रतिशत, यूनिर्भसनल पावरको ३.३५ प्रतिशत र यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरको ३.२३ प्रतिशतले घटेको हो ।