झिनो अंकले बढ्यो शेयरबजार, ५ उपसूचकमा हरियाली छाउँदा जीवन बीमा समूहमा उच्च गिरावट
२३ फाल्गुन २०७८, सोमबार १५:१३
काठमाडौं । साताको पहिलो दिन ३ अंकले ओरालो लागेको शेयरबजार आज झिनो अंकले मात्रै बढ्न पुगेको छ । आज १.५४ अंकले नेप्से परिसूचक बढेतापनि कारोबारमा खासै प्रगति देखिएको छैन ।
नेप्से परिसूचक आज १.५४ अंक अर्थात् शुन्य दशमलव ६ प्रतिशतले बृद्धि भएर २५४४.९३ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ५ समूहमा हरियाली छाएको छ भने अन्य सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह, होटल तथा पर्यटन समूह, निर्जीबन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहमा हरियाली छाएको छ ।
त्यस्तै, सर्वाधिक जीवन बीमा समूहको १५४.८४ रुपैयाँले आज घट्न पुगेको छ ।