नेबिकाेकाे चार खाद्य बस्तु एकै पटक सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार १४:४७

काठमाडाैं । विगत ५५ वर्षदेखि नेपाली बजारमा खाजाकाे रूपमा बिस्कुट उत्पादन गर्दै आएकाे नेबिकाेले आज चार खाद्य बिस्कुटहरू सार्वजनिक गरेकाे छ ।

नेबिकाेले डि ५० बिस्कुट, नाइस कुकिज, पिनट्स र झुरूम झुरूम चिउरा सार्वजनिक गरेकाे हाे ।कम्पनीका ब्राण्ड एम्बेसडर शिव श्रेष्ठ, कम्पनीका प्रबन्ध सञ्चालक राैनियार, सिइओ केशव भट्टराईलगायतले संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।

कार्यक्रममा नायक शिव श्रेष्ठले नेबिकाे नेपालकाे आफ्नै ब्राण्ड भएकाेले सबैले माया गर्नुपर्ने बताए ।त्यस्तै ,सिईओ भट्टराईले नेबिकाेका उत्पादन सधैं ताजा र गुणस्तरिय हुने भएकाेले निर्धक्क भएर उपभाेग गर्न आग्रह गरे ।

नयाँ प्रडक्ट फन्च गर्दै, निर्देशक राैनियारले पुरै खरानी भएकाे कम्पनी छाेटाे समयमा नै बाउन्स ब्याक हुन सफल भएकाे बताउदै नेबिकाेकाे पुनरागमनले आम जनताले सस्ताे र सरल रूपमा खाजाकाे रूपमा बिस्कुट पाएकाे बताए । उनले ४४ दिनकाे अवधी जलेर ध्वस्त भएकाे उद्याेग पुन सुचारू गर्न सफल भएकाे बताए ।

कम्पनीले नेबिकाे बिस्कुट लगायतका खाद्य बस्तुहरू अष्ट्रेलियाकाे सिड्नीमा उपलब्ध हुने जनाएकाे छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*