एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी रमाकान्त मणी नेपाललाई

२३ फाल्गुन २०७८, सोमबार १४:००

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी रमाकान्त मणी नेपालले सम्हाल्ने भएका छन् ।

यसअघि कम्पनी कानुन तथा अनुपालना विभागका प्रमुख प्रह्लाद चन्द्र निरौलाले कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएकोमा फागुन २३ गते बसको संचालक समितिको बैठकले संस्थाकै कानुन तथा अनुपालना विभागमा कार्यरत वरिष्ठ अधिकृत रमाकान्त मणी नेपाललाई सोही मितिदेखि लागूहुनेगरी सो पदको जिम्मेवारी प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*