आइएमई जनरल इन्स्योरेन्सको दुई सेवा शुभारम्भ, यस्ता छन् थप सुविधा

२३ फाल्गुन २०७८, सोमबार १२:१६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २ वटा सेवा शुभारम्भ गरेको छ । कम्पनीले आज होटल र्याडिसन, लाम्पिाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आइजिआई हेल्थप्लस बीमालेख र आइजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्टको बिस्तार शुभारम्भ गरेको हो ।

कम्पनीले कम्पनीका अध्यक्ष हेमराज ढकालको सभापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्य तथा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहित कम्पनीका संचालक समितका पदाधिकारीहरु, स्पार्क अटोकेयर प्रा.लि.का अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायतका विभिन्न संचारमाध्यका पदाधिकारीहरुको उपस्थितिमा सो सेवा संचालनमा ल्याएको हो ।

आइजिआई हेल्थप्लस बीमालेख
आइएमई जनरल इन्स्योरेन्सले दुर्घटना, स्वास्थ्य तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने गरी यो सेवा ल्याएको हो । यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधीउपचार बीमा र घातक रोग बीमा समावेश गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको सेवामध्ये आइजिआई हेल्थप्लस बीमालेखअन्गर्तको दुर्घटना बीमालेख अन्तर्गत बीमालेख अवधिभर कुनैपनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीरिक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको सुविधाहरु प्राप्त हुनेछ ।

त्यस्तै, औषधोपचार बीमालेख अन्तर्गत बीमालेखको अधीनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

साथै घातक रोग बीमालेख अन्तर्गत बीमालेखको अवधिभर अधिनमा रहि बीमा अवधिभर बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणि भएमा बीमाङ्क रकम ५ लाख रुपैयाँ तुरुन्त भुक्तानी हुनेछ ।

यस बीमालेख अन्तर्गतका शर्तहरु

आइजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्ट
यो सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुनेछ । कम्पनीबाट आफ्नो निजी सवारी साधनको बीमा गराएका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा विभिन्न सेवा प्राप्त गर्न सक्ने गरी कम्पनीले यो सेवा ल्याएको हो ।

यस कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भई मर्मत सम्भार गर्नुपरेमा स्पार्क अटोकेयर मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत सम्भार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यस्वरुप कम्पनीका सिइओ युगेशभक्त बादे श्रेष्ठ र अटोकेयरका अध्यक्ष रोशन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*