महिला लघुवित्तद्धारा नायब प्रमुख कार्यकारी अधिकृत माग, आवेदन दिन अब ४ दिन बाँकी
२३ फाल्गुन २०७८, सोमबार १०:५०
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ ।
कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्ष काम गरेको अनुभव र लघुवित्त वित्तीय संस्थामा कम्तिमा ३ वर्ष ब्यवस्थापकीय श्रेणीको कार्य अनुभव भएको कर्मचारी माग गरेको हो ।
दरखास्त दिने अन्तिम दिनेसम्म २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको तथा नेपाली, अंग्रेजी भाषामा तथा कम्प्युटर सम्बन्धी पूर्ण ज्ञान भएको कर्मचारीले आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।