सबैको लघुवित्तले दियो सदस्यलाई झिलिंगा बनाउने तालिम

२३ फाल्गुन २०७८, सोमबार १०:४२

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले झिलिंगा बनाउने तालिम प्रदान गरेको छ । संस्थाको डुम्रे शाखाले आफ्ना शाखामा आबद्ध २७ जना ग्राहक सदस्यलाई उक्त तालिम दिएको हो ।

उक्त तालिममा झिलिंगाको परिचय, झिलिंगाको माग, बजार व्यवस्थापन, आवश्यक कच्चा पदार्थ, बनाउने विधि, संस्थाले दिँदै आएको सेवा, बचतको महत्व आदिबारे सहभागीलाई जानकारी दिइको थियो ।

सो तालिमका प्रशिक्षक विष्णु खड्का रहेका थिए भने संस्थाका जनशक्ति व्यवस्थापन विभाग प्रमुख रत्नप्रसाद अधिकारीले तालिममा सहभागीका विभिन्न जिज्ञासा मेटाएका थिए ।

उक्त तालिममा डुम्रे शाखाका शाखा प्रमुख रोशनलाल श्रेष्ठ र संस्थाका डुम्रे मुकाम सुपरीवेक्षण अधिकृत फर्सबहादुर केसी लगायत सो क्षेत्रका स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*