महुली लघुवित्तको संस्थापक शेयर बोलपत्रद्धारा बिक्रीमा, यसरी दिनुस आवेदन

२३ फाल्गुन २०७८, सोमबार १०:१४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको ५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ । यसअनुसार सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति वा संस्थाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहानेले १५ दिनभित्र के कति दर रेटमा लिन कबुल गर्ने हो सम्पूर्ण विवरण खुलार्य बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीमा सम्पर्क गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*