माघ मसान्तसम्ममा बीमाको पहुँच ३५ प्रतिशत नाघ्यो, ३३ प्रतिशतको लक्ष्य पुरा

२२ फाल्गुन २०७८, आईतवार १८:४९

काठमाडौं । चालु आवको सात महिनामा बीमाको पहुँच ३५ प्रतिश नाघेको छ । बीमा समितिले माघ मसान्तसम्ममा प्रकाशन गरेको तथ्यांक अनुसार नेपालमा बीमा गर्नेको संख्या कुल जनसंख्याको ३५.१८ प्रतिशत पुगेको छ ।
सरकारले चालु आवमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने लक्ष्य लिएको थियो । सो लक्ष्य पूरा भएको हो ।

म्यादी बीमा र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक भने बीमाको पहुँच १९.४४ प्रतिशत जनसंख्यामा मात्र पुगेको देखिन्छ । म्यादी बीमा र वैदेशिक रोजगार जीवन अनिवार्य भएको कारण बीमा कमपनीहरुमा १५ दशमलव ७४ प्रतिशत बीमाको पहुँच थप भएको हो ।

चालु आर्थिक बर्षको माघ मसान्तसम्म्मा बीमाको पहुँच ८ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ। बीमा समितिले बीमालेख दोहोरिने सम्भावना भएकाले समितिले कुल जारी बीमालेखमा पाँच प्रतिशत बीमालेख घटाएर बीमामा आएको जनसंख्या गणना गर्दै आएको छ ।

चालु आवको माघ महिनासम्ममा नेपालको कुल जनसंख्या तीन करोड ५६ लाख ६३४ जना छ । जसमा एक करोड ५ लाख ७४ हजार ४३१ वटा बीमालेख बिक्री भएको समितिको तथ्यांक छ । कम्पनीहरुमा कुल एक करोड १० लाख ८६ हजार ६८९ बीमालेख जारी भएका छन् ।

बीमा समितिले बीमाको दायरा वृद्धि गर्नको लागि स्थानिय र प्रदेश सरकारसँग कार्यक्रम गर्दै आईरहेको छ । बीमा समितिले प्रकाशन गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको कुल जीवन बीमालेख सङख्या ३८ प्रतिशतले वृद्धि भएको छ भने निर्जिवन बीमा कम्पनीहरुको बीमालेख सङख्या ४ दशमलव ४२ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ।

निर्जिवन बीमा कम्पनीको बीमालेख सङख्या घटेपनि बीमाशुल्क आर्जन भने २२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। त्यस्तै, जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ। सम्रगमा जीवन र निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जनमा भने ११ प्रतिशतले मात्र वृद्धि भएको तथ्याङ्मा देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*