प्रभु लाइफमा सन्तोष प्रसाई आवद्ध, सल्लाकारमा नियुक्त

२२ फाल्गुन २०७८, आईतवार १७:०९

काठमाडौ । बीमा क्षेत्रका चर्चित व्यक्ति सन्तोष प्रसाई आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भएका छन् । यसअघि नेपाल लाइफमा सिईओबाट राजिनामा दिएका सन्तोष प्रसाई प्रभु लाइफको बीमा सल्लाकारमा नियुक्त भएका हुन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिले प्रसाईलाई कम्पनीको बीमा सल्लाकारको रुपमा कम्पनीमा आबद्ध गर्ने निर्णय गरेको थियो । सो निर्णय बीमा समितिबाट स्वीकृत गराउन एक साता अघि नै बीमा समितिमा फाइल पुर्याइएको थियो । उक्त प्रस्तावलाई बीमा समितिले आज पारित गरेको हो ।

प्रसाई विगत लामो समयदेखि बीमा क्षेत्रमा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमै सात वर्षको लामो अनुभव सम्हालेका छन् । नेपाल लाइफमा पाँच वर्षभन्दा बढि काम गरेका प्रसाई प्रभु लाइफमा आबद्ध भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*