नेष्डो समृद्ध लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड मंगलबार हुने

२२ फाल्गुन २०७८, आईतवार १६:३७

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ को बाँडफाँडको लागि आज प्रि अलमेन्ट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भईसकेको र फागुन २४ गते (नारी दिवस) को अवसरमा बाँफाँड गर्ने तयारी गरेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ।

लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते आइतबारसम्म सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कुल जारी सेयरमध्येबाट जारी पूँजीको ०।५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयर खरीदका दागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १२७ जनाबाट ३ करोड २ लाख २४ हजार २५० कित्ताका माग परेको छ । जुन सर्वसाधारणको लागि माग गरिएको तुलनामा ४० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले लघुवित्तको आईपीओ धितोपत्र निष्काश्न तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । जहाँ ७७ हजार ४५३ जनाले मात्र आईपीओ हात पार्नेछन् र सो मध्ये भाग्यमानी ३ जनाले ११ कित्ता आइपीओ पाउनेछन् । भने बाँकी २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुनेछ ।

One thought on “नेष्डो समृद्ध लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड मंगलबार हुने

  1. दिलिप शर्मा says:

    धेरै राम्रो,अगाडि बड्नुहोस शुभकामना छ नेस्डो टिमलाई !!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*