नेप्से झिनो अंकले घट्दा दुई अर्बमा खुम्चियो कारोबार, ४ उपसूचकमा छायो हरियाली
२२ फाल्गुन २०७८, आईतवार १५:१८
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएकोमा आज ३ अंक अर्थात् शुन्य दशमलव १४ प्रतिशतले घटेर २५४३.३९ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । नेप्से सामान्य अंकले घटेतापनि कारोबार खासै सन्तोषजनक देखिएको छैन ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूहबाहेकका सबै समुह राताम्य भएका छन् । बैंकिङ समूह, होटल तथा पर्यटन, विकास बैंक र अन्य समूहमा आज हरियाली छाएको छ भने सर्वाधिक जीवन बीमा समूहको १६६ रुपैयाँ ९ पैसाले घट्न पुगेको छ ।