शिवम् सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२२ फाल्गुन २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार सामान्य अंकले घट्न पुगेको छ । गत साता लगातार घटेको नेप्से परिसूचक आज ३.६६ अंकले घट्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । नेप्से सामान्य अंकले घटेतापनि कारोबार खासै सन्तोषजनक देखिएको छैन ।

अघिल्लो साताहरुमा ४।५ अर्बमा कारोबार हुने शेयरबजारमा आज २ अर्बमा कारोबार खुम्चिएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको भएको छ । कम्पनीको शेयर आज खरिदबिक्री गर्न मिल्नेभएसँगै सर्वाधिक १५ करोड २२ लाख ८२ हजार २२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्यारेन्सको १४ करोड २७ लाख, अपि पावरको ११ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ३६ लाख र एनटिसिको ८ करोड ३१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*