१८ औं वर्षमा एफवानसफ्ट: डिजिटल भुक्तानीमा माईलस्टोन, बीमा क्षेत्रको अभिन्न अंग बन्न सफल

२२ फाल्गुन २०७८, आईतवार १३:३६

काठमाडौं । १८ वर्षअघि अनलाईन भुक्तानीमा आधारित एफवान सफ्ट नामक कम्पनी स्थापना गर्दा विश्वास ढकाल, सुवास सापकोटाहरुलाई धेरै मानिसहरुले पत्याएका थिएनन् । लगत्तै एफवान सफ्टले इसेवा सुरु गर्यो । सन् २००९ मा इसेवा सुरु गर्दा पनि धेरैले हासिमजाकमै उडाएका थिए । आज एफवान सफ्टकै भगिनी संस्था इसेवा, फोन पे जस्ता प्लेटफर्महरु डिजिटल भुक्तानीमा माईलस्टोन बन्न सफल भएको छ भने बीमा क्षेत्रको अभिन्न अंग बन्न पुगेका छन् ।

नेपालमा डिजिटल भुक्तानी सेवाको प्याराडाईम सिफ्ट गर्ने एफवान सफ्ट आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १८ वर्षअघि नेपाली बैंकहरुले एटिएम सुविधा दिएको बाहेक बैंकको टेलरमा लाईन लागेर रकम निकाल्नुपर्ने अवस्था थियो । एफवान सफ्टको स्थापनासँगै विकास भएको प्रविधिका कारण आज बैंकिङ कारोबार यति सहज भएको छ कि मोबाईलमा क्लीक गरेकै भरमा विहानदेखि साँझसम्मको सुविधा प्राप्त हुने गर्न सम्भव भएको छ । विभिन्न सरकारी निकायमा भुक्तानी गर्नुपर्ने राजश्व, बिल, महसुल मात्रै नभई विश्वविद्यालयको शुल्क तथा बीमा कम्पनीमा बुझाउनुपर्ने बीमा शुल्क समेत एफवान सफ्टकै कम्पनीहरु इसेवा तथा फोनपेमार्फत तिर्न सकिन्छ ।

बीमा क्षेत्रमा पनि एफवान सफ्टको विशेष योगदान रहेको छ । जीवन बीमाको शुल्क सजिलै भुक्तानी गर्न सकिने व्यवस्था छ । सबै जीवन बीमा कम्पनीमा इसेवा आबद्ध भइसकेका छन् । इसेवामा बीमा पोलिसी नम्बर इन्ट्री गर्ने वित्तिकै बीमा शुल्क रकम भुक्तानी गर्न सकिन्छ ।
यसले आम सर्वसाधारणहरुको दैनिकी निकै सहज भएको छ । एफवान सफ्टकै कारण घण्टौ बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । डिजिटल प्रविधिको विकास विश्वभरै नै भइरहेको थियो ।

त्यसलाई एफवान सफ्टले नेपाल भित्राएर आम सर्वसाधारणको समय र अप्ठेरोहरुमा सारथी बन्न सघाइरहेको छ । एफवान् सफ्ट अन्तर्गत नेपालकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी गर्ने प्लेटफर्म इसेवा र फोन पे रहेका छन् । त्यस्तै, इसेवा रेमिट्यान्सले विदेशबाट विप्रेषण भित्राउने काम गरिरहेको छ भने कोजेन्ट हेल्थ नामक कम्पनी पनि सञ्चालित छन् । कोजेन्ट हेल्थले स्वास्थ्य बीमा व्यवस्थापनको काम गरिरहेको छ । इसेवाकै दर्शनटेक नामक सफ्टवयर निर्माण गर्ने कम्पनीले काम गरिरहेको छ भने दियालो टेक्नोलोजीको विकास गरिरहेको छ । त्यस्तै सिर्जनात्मक र व्यक्तित्व विकासमा फियटको भूमिका उल्लेख्य रहँदै आएको छ । एफवान सफ्टकै इसेवा मनि ट्रान्सफरको सुविधा समेत रहेको छ । विदेशमा बस्ने नेपालीहरुले इसेवामार्फत सजिलै नेपालमा रकम पठाउन सक्नेछन् ।

त्यस्तै, दियालो टेक्नोलोजीले एप्लिकेशन तथा वेभ डिजाईनिङ सर्भिस दिँदै आएको छ । आईटीमा आधारित दियालो टेक्नोलोजीले व्यवसायलाई अझै परिस्कृत र सुदृढ बनाउन एप्लिकेशन बनाएर मद्दत गर्दछ । त्यस्तै लजिटेक नामक कम्पनी एफवान सफ्टकै डाटा इन्जिनियरिङ सम्बन्धी काम गर्ने संस्था हो । यसले डाटा एनालाईसिस तथा प्रोसेसिङको काम गर्दछ ।

एफवान सफ्ट मातहत १० वटा कम्पनीहरु संस्थापित छन् । मूल कम्पनी एफवान सफ्टमा अध्यक्ष विश्वास ढकालले नेतृत्व गरिरहेका छन् । बार्षिकोत्सवकै अवसरमा एफवान सफ्टका अध्यक्ष ढकालले नेपालको बैंकिङ क्षेत्रमा केही नयाँ गरेर देखाउने उद्देश्यमा सफल भएको बताउँदै आगामी दिनमा अझै सरल, सहज र आम जनताको पहुँचमा डिजिटल बैंकिङ सुविधा पुर्याउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘आम जनतालाई विश्वसनीय, भरपर्दो र सरल डिजिटल वालेट सुविधा दिन प्रतिबद्धता छौं ।’ अध्यक्ष ढकालले बार्षिकोत्सवको अवसरमा सबै सेवाग्राही, कर्मचारीहरु तथा सहयोग गर्ने नियामक निकायप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दै आगामी वर्षमा डिजिटल इकोनोमी सिष्टम बनाउने अभियानमा समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*