युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा फागुन २६ गते, शेयरधनीको हात रित्तो

२२ फाल्गुन २०७८, आईतवार १२:५४

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसपटक शेयरधनीहरुको हात रित्तो हुनेछ । त्यसैगरी सभाले हाल कायम रहेको सञ्चालकहरुको सख्या ११ जनाबाट घटाई ७ जना कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ५ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरिसकेको छ । यस आधारमा फागुन ४ गते सम्म कायम शेयरधनीमात्र सभामा उपस्थित हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*