खरिदबिक्री गर्न मिल्ने भएसँगै शिवम् सिमेन्ट्सको सर्वाधिक ३ करोडमाथिको कारोबार

२२ फाल्गुन २०७८, आईतवार ११:२७

काठमाडौं । साताको पहिलो दिन शिवम् सिमेन्ट्सको संस्थापक शेयर कारोबारमा आएको छ । प्रतिबन्धित अवस्थामा रहेका लाखौं कित्ता शेयरहरु आजबाट खुल्ला भएसँगै आज विहानैदेखि शिवम् सिमेन्टको कारोबार ह्वात्तै बढेको छ । कारोबार सुरु हुने वित्तिकै बढेको शेयर कारोबार अहिले पनि करिब छ हजार कित्ता बिक्रीमा छ भने खरिदकर्ताको लाईनमा १९ हजार कित्ता रहेको देखिएको छ ।

कम्पनीको सात करोड ८५ लाख ३८ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ८५ हजार ३८५ कित्ता शेयर अयोजना प्रभावितहरुलाई वितरण गरिएको थियो । सो सबै शेयर आजबाट कारोबारमा आएको छ ।

त्यस्तै, कर्मचारीहरुले खरिद गरेको दुई लाख २० हजार कित्ता शेयर समेत आज नेप्सेमा कारोबारमा आएको छ । तीन अवधि पूरा भएपछि कर्मचारी तथा संस्थापक शेयरधनीहरुले आफ्नो शेयर बिक्री गर्न पाउने भएका हुन् ।

योसँगै कम्पनीको १० लाख ५ हजार ३८५ कित्ता शेयर बजारमा बिक्रीका लागि योग्य भएका छन् । आज साताको पहिलो दिन बजार खुलेको केही समयमा नै सो कम्पनीको सर्वाधिक ३ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

आज विहानै पहिलो ३० मिनेटमा कारोबारमा आएका १९१ कम्पनीमध्ये शिवम् सिमेन्टसको सर्वाधिक ३ करोड १२ लाख ६५ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य एक हजार ११९ रुपैयाँ रहेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*