१५ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा आज बस्दै

२२ फाल्गुन २०७८, आईतवार १०:५७

काठमाडौं । जानकी फाइनान्सको २५औं वार्षिक साधारण सभा आज (आइतवार) गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा बिहान ११ः३०मा हुँदैछ ।

उक्त सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका (बुकक्लोज) माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बन्द गर्ने गरेको थियो । जसअनुसार माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले यस भन्दा अगाडि फागुन ७ गते साधारण सभा आह्वान गरेकोमा गणपुरक संख्या नपरेका कारण स्थगित भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*