इमर्जिङ नेपालको शेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति होला ?

२२ फाल्गुन २०७८, आईतवार १०:२०

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ) धितोपत्र दोस्रो बजारमा आजदेखि कारोबार हुँदैछ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।

कम्पनीले संस्थापकहरुले लगानी गरेको ५० लाख ४ सय कित्ता र सर्वसाधारणमा वितरण गरेको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबार लागि १०५ रुपैयाँ ११ पैसा देखि ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।

कम्पनीको आइपीओ ईएनएल सिम्बोलबाट कारोबारमा आउनेछ । नेप्से र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आजदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*