छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

२२ फाल्गुन २०७८, आईतवार ०९:५८

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले पुष २० गते कायम शेयरधनीहरुका लागि बिक्री खुल्ला गरेको हकप्रद फागुन १९ गते बाँडफाँड भएको हो ।

कम्पनीले दश शेयर बराबर तीन शेयर (१०ः३) अनुपातमा प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । रितपूर्वक आवेदन दिने २८ हजार ३११ जना शेयरधनीहरुलाई ८ लाख ३३ हजार १९१ कित्ता शेयर फागुन १८ गते बाँडफाँड भई संचालक समितिलाई सिफारिस गरेकोमा फागुन १९ गते बाँडफाँड गर्न स्वीकृत भएको हो ।

साथै आफ्नो कायम हक भन्दा बढी शेयर दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँड नपरेका हकप्रद शेयर बापतको रकम फागुन २३ गतेदेखि आइपिएसमार्फत आवेदकहरुको बैंक खातामा रकमानन्तर गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*