शिवम् सिमेन्टका आयोजना प्रभावित र संस्थापकले आजबाट शेयर बिक्री गर्न पाउने, १० लाख कित्ता आईपिओ र तीन करोड ८७ लाख कित्ता संस्थापक शेयर बिक्री खुल्ला

२२ फाल्गुन २०७८, आईतवार ०८:५१

काठमाडौं । शिभम् सिमेन्टले आईपिओ जारी गरेको आज तीन वर्ष पुरा भएको छ । २०७५ साल फागुन २२ गते आईपिओ बाँडफाँड गरेको कम्पनीको आजबाट लाखौं कित्ता शेयर बिक्रीका लागि खुल्ला भएको छ । आईपिओ जारी गरेपछि तीन वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने व्यवस्था रहेकोमा आजबाट सो व्यवस्था हटेको छ ।

शिवम् सिमेन्टको सात करोड ८५ लाख ३८ हजार ५०० रुपैयाँ बराबरको सात लाख ८५ हजार ३८५ कित्ता शेयर आयोजना प्रभावितहरुलाई वितरण गरिएको थियो । सो सबै शेयर आजबाट बिक्री खुल्ला भएको छ ।

त्यस्तै कर्मचारीहरुले खरिद गरेको दुई लाख २० हजार कित्ता शेयर पनि आजबाट बिक्री गर्न पाइने भएको छ । तीन वर्ष अवधी पूरा भएपछि कर्मचारीहरुले आफ्नो शेयर बिक्री गर्न पाउने भएका हुन् ।

यससँगै शिवम् सिमेन्टको १० लाख पाँच हजार ३८५ कित्ता शेयर बजारमा बिक्रीका लागि योग्य भएका छन् । सो शेयर पनि तीन वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको थियो । आयोजना प्रभावितहरुले खरिद गरेको शेयर आजबाट बिक्री खुल्ला भएको छ ।

तीन वर्ष पुगेसँगै शिभम् सिमेन्टको तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको तीन करोड ८७ लाख २० हजार कित्ता संस्थापक शेयर बजारमा बिक्रीका लागि योग्य भएका छन् । शिवम सिमेन्टको शेयर संख्या थोरै हुँदा बजारमा उच्च मूल्यमा पुगेको थियो । आजबाट बजारमा ठूलो मात्रामा शेयर खरिद बिक्रीका लागि योग्य भएका छन् ।

शिवम् सिमेन्टले आयोजना प्रभावितका लागि २०० र अन्यका लागि ३०० रुपैयाँमा आईपिओ बिक्री गरेको थियो । पछिल्लो पटक बजारमा शिवम् सिमेन्टको शेयर प्रतिकित्ता ११६८ रुपैयाँमा कारोबार भएको छ । चार अर्ब ४० करोड चुक्ता पुँजि भएको शिवम् सिमेन्टले आईपिओ जारी गरेपछि ५१ अर्ब ३९ करोड २० लाख रुपैयाँ बजार पुँजिकरण भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*