आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्री खुल्ला, क-कसले दिन पाउछ आवेदन ?

२२ फाल्गुन २०७८, आईतवार ०६:२५

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

सो अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) गरेको थियो । जसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा आवेदकले फागुन २२ गतेदेखि चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*