छोराको पास्नीमा कडालले दिए नेपाल लाइफको बीमा पोलिसी उपहार

२० फाल्गुन २०७८, शुक्रबार २०:३०

काठमाडौ । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना परिवार, इस्टमित्र, साथीभाइलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ ।

यसैबीच बझाङका राजेन्द्र कुमार कडालले आफ्ना छोरा सागर कुमार कडाललाई अन्नप्रास (पास्नी)को अवसरमा जीवन दीम पोलिसी उपहार दिएका छन् । उनले फागुन २० गते पास्नीको अवसर पारेर नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी उपहार दिएका हुन् ।

कडालले छाेराकाे भविष्यमा हुने शिक्षा तथा स्वास्थ्यको ग्यारेन्टी हुने भएकोले नातीको भविष्य सुनिश्चित गर्न पास्नीको अवसरमा १० लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको बताए ।

भोलिको उज्ज्वल भबिस्यको लागि कडालले छोरालाई पास्नीमा बीमा गराई पोलिसी उपहार दिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बझाङ शाखा कार्यालयका एजेन्ट म्यानेजर मिमराज कार्कीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*