प्रभु बैंकले ल्यायो ‘फोन लोन’ सुविधा, मोबाइलबाटै २ लाखसम्मको कर्जा पाइने

२० फाल्गुन २०७८, शुक्रबार १६:२३

काठमाडौं । प्रभु बैंक लिमिटेडले मोबाईलबाटैक कर्जा लिन मिल्ने फोन लोन सुविधा संचालनमा ल्याएको छ । बैंकका ग्राहकहरुले बैंकिङ सफ्टवेयरको माध्यमबाट २ लाख रुपैयाँसम्मको फोन लोन सुविधा लिन सक्ने भएका हुन् ।

यो सुविधा हालको लागि प्रभस बैंक लिमिटेडमा तलबी खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरुको मात्र उपयोग गर्नसक्ने ब्यवस्था मिलाईएको छ । ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैकिङ सफ्टवेयरबाट फोनलोनको लागि अनुरोध गरी गर्ने सक्नेछन् ।

फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्म हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*