रिलायबल नेपाल लाईफको २ दिने प्रशिक्षण तालिम सम्पन्न

२० फाल्गुन २०७८, शुक्रबार १६:१७

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेश कार्यालय र चितवन रिजनको संयुक्त आयोजनामा ‘मुभिङ टु एक्सलेन्स स्टाफ टे«निङ’ सम्पन्न गरेको छ ।

दिपेश बाबु तिवारीको प्रमुख आतिथ्यता तथा चिप म्यानेजर सैलेन्द्र श्रेष्ठको बिशेष उपस्तिथिमा उत्कृष्टता कर्मचारी प्रशिक्षण २ दिने कार्यक्रम सम्पन्न भएको छ । तालिम फागुन १५ र १६ गते पोखरा लेकसाईड स्थित कौसी होटेलमा सम्पन्न भएको हो ।

उक्त तालिममा संस्थागत सुशासन, बीमा समितिको प्राबधान, रिलायबलका आन्तरिक नीति तथा कार्यक्रम, अन्डरराईटिङ र सम्पत्ति सुद्दढीकरणका बिषयमा प्रशिक्षण दिएको थियो । साथै डिजिटल अडियो तथा भिडियो माध्यमद्धारा संचालित उक्त कार्यक्रममा कर्मचारी एवं हास्यकलाकार सन्जय भण्डारीले रोचज प्रस्तुति समेत राखेको थिए ।

कार्यक्रममा गण्डकी प्रमुख सरोज अधिकारी, चितवनका रिजन प्रमुख राजेन्द्र पौडेल लगायत ४० जनाको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*