नेप्सेमा सूचीकृत मध्ये १९ वटा बीमा कम्पनीद्धारा लाभांश घोषणा, कसको लाभांश कति ?

२० फाल्गुन २०७८, शुक्रबार ०८:१२

काठमाडौं । नेप्सेमा हाल १२ जीवन बीमा र १८ निर्जिवन बीमा गरि ३० कम्पनीहरु सूचीकृत छन् । नेप्सेमा सूचीकृत कम्पनीमध्ये १९ वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने बाँकिले गर्ने तयारीमा रहेका छन् ।

सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये ११ वटा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताका लाभांश घोषणा गरेका छन् भने सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ८ कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् । जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएन अनिवार्य गनुपर्ने भएकाले र लामो समय लाग्ने भएको कारण आर्थिक बर्ष २०७६/७७ को लाभांश समेत घोषणा गर्न पाएका छैनन् ।

निर्जिवन बीमा कम्पनी
निर्जीवन बीमा कम्पनीमा सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स छन् ।

११ निर्जीवन बीमा कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्सले साधारण सभा बोलाएर प्रस्तावित लाभांश पारित गरिसकेको छ । कम्पनीले वार्षिक साधारणबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न फागुन ३० गते साधारणसभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले पनि १५ प्रतिशत लाभांश पारित गर्न चैत ९ गते, बुधबार २६औं वार्षिक साधारणसभा बोलाएको छ । लाभांश प्रस्ताव गरेका अन्य कम्पनीले भने साधारणसभाको मिति तय गरेका छैनन् ।

प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत, एनएलजीले १०.५३ प्रतिशत, लुम्बिनी जनरलले १० प्रतिशत, आइएमई जनरलले ७.३७ प्रतिशत, प्रुडेन्सियलले ७.३५८ प्रतिशत, हिमालयन जनरलले ७ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

एभरेष्ट इन्स्योरेन्सले ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद गरी ६.३१ लाभांश प्रस्ताव गरको छ ।
साथै, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्सले गत आवको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश प्रस्ताव गर्न बाँकी छ ।

यस्तै, नयाँ निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले भने गत आवको मुनाफाबाट पनि लगानीकर्ताका लागि लाभांश वितरण गर्न सकेनन् । यी दुई वटै कम्पनीले गत आवको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् ।

जीवन बीमा कम्पनीको
नेप्सेमा सूचीकृते आठ वटा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेका छन् ।
सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ र एलआइसी नेपालले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये ६ कम्पनीले साधारण सभा सम्पन्न गरि प्रस्तावित लाभांश समेत पारित गरेका छन् । एशियन, सूर्या, प्राइम, ज्योती, रिलायन्स र एलआइसी नेपालको लाभांश साधारण सभाबाट पारित भएको हो ।

नेशनल लाइफले साधारणसभाको मिति तोकी लाभांश प्रयोजनको लागि बुक क्लोजको मिति समेत तोकेको छ भने नेपाल लाइफले साधारणसभाको मिति तय गरेको छैन ।

सभाले अघिल्लो आवको मुनाफाबाट २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश माघ २१ गते बसेको १३औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद गरी कुल १५.८७ प्रतिशत लाभांश कम्पनीको मंसिर १९ गते बसेको १४औं साधारणसभाले पारित गरिसकेको छ ।

सूर्या लाइफले अघिल्लो आवको मुनाफाबाट १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश कम्पनीको पुस १९ गते बसेको १३औं साधारणसभाले पारित गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । प्रस्तावित उक्त लाभांश फागुन ६ गते बसेको चौथो वार्षिक साधारणसभाले पारित गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

एलआइसी नेपालले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांशलाई साधारण सभाले पारित गरिसकेको छ ।नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट लागनीकर्ताका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नेपाल लाइफले अघिल्लो आवको मुनाफाबाट लागानीकर्ताका लागि १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये गुराँस लाइफ, यूनियन लाइफ र सानिमा लाइफले अघिल्लो आवको मुनाफाबाट लगानीकर्ताका लागि लभांश प्रस्ताव गर्न बाँकी छ ।प्रभु लाइफले भने लाभांशबिना नै चैत ६ गते चौंथो साधारण सभा बोलाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*