क्यालिब्रेशन फ्लाईटले काठमाडौं एयरपोर्टमा तनाव, कतार एयरको जहाज साढे दुई घण्टादेखि आकाशमै होल्ड

१९ फाल्गुन २०७८, बिहीबार १७:०६

काठमाडौं । काठमाडौं विमानस्थलका हवाई उपकरण परिक्षणको क्रम गरिएको उडानका कारण आज दिनभर नेपालको एक मात्रै विमानस्थलमा तनाव भएको छ । थाई कम्पनीले गरेको क्यालिब्रेशन फ्लाईटका कारण कतारबाट आईएको जहाज साढे दुई घण्टादेखि आकाशमै होल्ड भइरहेको छ भने दुबई उड्ने तयारीमा रहेका जहाजहरु समेत रोकिएका छन् ।

भैरहवामा नयाँ निर्माण गरिएको गौतमबुद्ध एयरपोर्टका लागि गरिएको क्यालिब्रेशन फ्लाईटको लागि र समया अनुकूल परिक्षणको लागि एक थाई कम्पनीको जहाजले काठमाडौं उपत्यकामा फन्को मार्दै राडार तथा अन्य हवाई उपकरणको परिक्षण गरिएकोले उडान तथा अवतरण प्रभावित भएका हुन् ।

उडाई प्रभावित हुँदा नेपालबाट अन्यत्र जाँदै गरेका यात्रुहरुको कनेक्टिङ फ्लाईट छुट्ने तथा काठमाडौं आउँदै गरेका यात्रुहरु तनावमा परेका छन् ।

सबैभन्दा लामो होल्ड कतार एयरवेज परेको छ । सो एयरवेजको उडान नं क्वीटिआर ६४६ नम्वरको जहाजले काठमाडौंमा अवतरण गर्नुअघि १९ फन्कोमार्नु परेको छ । केहीबेरअघि दिल्लीबाट काठमाडौं आएको जहाज समेत होल्डमा परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*