सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा झापाको अर्जुनधारामा

१९ फाल्गुन २०७८, बिहीबार १२:३३

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा न १ मा शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो ।

बिस्तारित बैकिङ सेवाबाट ग्राहकहरुको निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा प्रदान गर्नेछ । बैंकले उक्त शाखारहित बैकिङ सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद गौतमलाई नियुक्त गरेको छ ।

हाल बैंकले देशभर ८७ शाखारहित बैंकिङ सेवा, १३९ वटा शाखा र १५९ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*