कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
१९ फाल्गुन २०७८, बिहीबार १२:३०
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा भोलि (फागुन २० गते) का लागि बोलाएको छ । सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने गरी बोलाएको हो ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साथै साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २८ गते देखि फागुन २० गतेसम्म बुक क्लोज गरेको हुदाँ माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।