सूर्या लाइफ इन्स्योरेन्सद्धारा निःशुल्क स्वास्थ्य शिविर

१९ फाल्गुन २०७८, बिहीबार १०:५९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यको दायरालाई फराकिलो बनाउँदै गएको छ । यसैबीच कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवरात्रीको अवसरमा भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

कम्पनीले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र भक्तजनहरुको सहयोगार्थ निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । उक्त शिवीरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त परिक्षण, स्वास्थ परिक्षण गर्नुको साथै औषधी वितरण गरेको थियो ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिवीरमा पानी र जुस वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीको सहकार्यामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गतयस शिवीरबाट भक्तजनहरुलाई सेवा पु¥याउन सकेकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले खुशी व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*