सिद्धार्थ बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

१९ फाल्गुन २०७८, बिहीबार ०९:५९

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुष ३० गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर जम्मा गरिदिन सुरु गरेको हो ।

कम्पनीले नेप्सेमा बोनस शेयर सूचीकरण गराई अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई फागुन १५ गतेदेखि हितग्राही खातामा जम्मा गरिदिएको हो ।

साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले बैंकको शेयर अभौतिकीकरण भएपश्चात मात्रै स्वतः शेयरधनीको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*