चितवनमा कामना सेवा विकास बैंकको तीन नयाँ शाखा विस्तार
१८ फाल्गुन २०७८, बुधबार १८:३७
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले चितवनको कालिका नगरपालिका वडा न ४ स्थित पदमपुर, खैरहनी नगरपालिका वडा न ८ स्थित पर्सा बजार र भरतपुर महानगरपालिका वडा न २५ स्थित अमृतचोकमा शाखा कार्यालयको शुभारम्भ गरेको हो ।
बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । साथै बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा संचालन गर्दै ग्राहकहरुलाई उच्च स्तरको सुविधा उपलब्ध गराउदै आइरहेको छ । हाल बैंक देशभर १३२ शाखा कार्यालय र ७७ वटा एटिएमहरु रहेका छन् ।