राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटायो, प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने

१८ फाल्गुन २०७८, बुधबार १८:२७

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटाएको छ। केन्द्रीय बैंकले आजदेखि लागु हुने गरि उक्त सिमा घटाएको हो । केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ।

यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सिमा १ लाख रुपैयाँसम्म थियो। तर केन्द्रीय बैंकले बुधबारदेखि यस्तो सिमा घटाएको हो।तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सिमामा भने कुनै परिवर्तन गरेको छैन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*